काठमाडौं - शाहरूख खान अभिनित विवादित फिल्म पठानले कीर्तिमानी कमाइ गरेको छ। बुधबार रिलिज भएको फिल्मले पहिलो दिन ५३ करोड भारू कमाइ गरेको हो। ननविकेन्डमा यो कीर्तिमानी कमाइ हो। भारत बाहिर पठानले बुधबार ४ करोड कमाइ गरेको छ। 

फिल्ममा शाहरूख खानसँगै दीपिका पादुकोन र जोहन अब्राहमको अभिनय रहेको छ। प

ठानको बेसरम गीत सार्वजनिक भएपछि विवादित बनेको थियो। हिन्दु संगठनले भारतको इन्दोर, ग्वालियर, बैंग्लोरलगायत क्षेत्रमा फिल्म प्रदर्शनमा रोक लगाएको छ। त्यसका बावजुद फिल्मले विकेन्डमा ऐतिहासिक कमाइ गर्ने विश्लेषकहरूको भनाइ छ। 

यसअघि विकेन्डमा वारले पहिलो दिन ५३.३५ करोड र थग्स अफ हिन्दुस्तानले ५२ करोड कमाइ गरेको थियो।