काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएकामा स्वागत गरेको छ । सभापति गगन थापाको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले देउवालाई स्वागत गर्दै अभिभावकीय भूमिका अपेक्षा गरेको छ ।

यस्तै, बैठकले पार्टीको  गर्विलो इतिहास निर्माणमा देउवाको भूमिका महत्वपूर्ण रहेको भन्दै लोकतान्त्रिक आन्दोलनमा गरेको नेतृत्वप्रति हार्दिक सम्मान प्रकट गरेको छ । 
जेन्जी आन्दोलनमा सांघातिक आक्रमणमा परेका देउवा लामो समयको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्केका छन् । त्रिभुवन विमानस्थलबाट बाजागाजासहित उनलाई स्वागत गर्दै चुनदेवीस्थित संस्थापन इतर पक्षको सम्पर्क कार्यालयमा पुर्याइएको थियो । त्यहाँ उनले आफूमाथि विभिन्न मुद्दा लगाएर गरिएको धरपकटको प्रयासका बारेमा नेता कार्यकर्तालाई बताएका थिए । 

देउवालाई त्यहाँ पार्टी सभापतिकै हैसियतमा कार्यकक्षको व्यवस्था गरिएको छ । इतर पक्षको यो हर्कतले कांग्रेस विभाजन हुने करिब निश्चित जस्तैछ भन्दा फरक पर्दैन होला ।किन भने निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत विशेष महाधिवेशलाई मान्यता दिएर गगनकुमार थापालाई सभापति स्वीकार गरिसकेको अवस्थामा देउवालाई पनि सभापति नै भनिँदा अप्ठयारो गर्ने पक्का छ ।