काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राष्ट्रपति कार्यालय, शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अलीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

संविधानको धारा २९४ मा संवैधानिक निकायले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता ऋतिशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको जनाइएको छ । प्रतिवेदनमा आयोगले उक्त आर्थिक वर्षमा सम्पादन गरेका कामकारबाही तथा गतिविधि समेटिएको छ ।