काठमाडौं - जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले दुई वटा मन्त्रालयका लागि सरकारमा नजाने बताएका छन्।
संसद बैठकपछि बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सम्मानजनक भागबण्डा नभएसम्म जसपा सरकारमा नजाने बताए।
उनले जसपाले उपराष्ट्रपतिभन्दा पनि राजनीतिक संवैधानिक भागबण्डा सम्मानजनक हुनुपर्ने बताए।
'दुई वटा मन्त्रालय लिएर हामी सरकारमा जाँदैनौं। सम्मानजनक भागबण्डा नभएसम्म हामी सरकारमा जाँदैनौं,' सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'यहाँ उपराष्ट्रपतिको कुरामात्रै हो। राजनीतिक र संवैधानिक कुराहरू पनि छन्। सबै कुरामा सम्मानजनक बाँडफाँड हुनुपर्छ भन्ने हाम्रो माग हो,' उनले भने।

0 comment