काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको काम गर्ने ढङ्ग नपुगेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद झाले राज्य प्रणालीमा सुधार ल्याउन सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने बताए ।

मधेसको समस्याप्रति सरकार सचेत हुनुपर्ने बताउँदै झाले त्यहाँको असन्तुष्टि अझै कायमै रहेको बताए । सीमा क्षेत्रमा सुरक्षाकर्मीले गरिब नागरिकलाई २५ रुपैयाँको चिप्समा चेकजाँच गर्ने तर एयरपोर्टमा धनीहरूले ब्लु लेबल र ल्यापटप सहजै ल्याउन पाउने विभेदकारी सोचको उनले विरोध गरे ।

नेपालको अर्थतन्त्र सुधारका लागि मधेस, प्रवास र निजी क्षेत्रलाई साझेदार बनाउनुपर्ने उनको प्रस्ताव छ। निजी
क्षेत्र अहिले त्रसित रहेको रहेको उनको भनाइ छ । देशका ठुला भनिएका व्यवसायी कतिखेर थुनिनु पर्ने हो भन्ने चिन्ताले लगानी गर्न ठराइरहेका छन् ।