काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन रुलिङको माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दुलालले नियमावली अनुसार सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन सभामुखबाट रुलिङको माग गरेका हुन् ।

साथै उनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । त्यसलाई रेकर्डबाट हटाउन, स्पष्टीकरण दिन वा सभामुखबाट रुलिङ गर्न उनले पुनः माग गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका दल नेता तथा प्रधानमन्त्रीले संसदको नियम र मर्यादा पालना गर्नमा उदाहरण प्रस्तुत गर्नुपर्ने उल्लेख गरे ।