काठमाडौं - प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि करिब १० हजार बढी प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि प्रहरीलाई उच्च सतर्कताको अवस्थामा राखिएको जानकारी दिए ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्र, उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रहरीलाई उपकरणसहित तयारी अवस्थामा राखिएको बताए ।

“केन्द्रस्तरको विपद् प्रतिकार्य तालिम केन्द्र, प्रदेशस्तरका विपद् व्यवस्थापन गुल्म र इलाका प्रहरीस्तरसम्म ‘स्टाण्डबाइ’ राखेका छौँ”, उनले भने । विपद्का कारण प्रभावित हुने सेवा जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको स्पष्ट पारे।

प्रहरी सङ्गठन बेरुजुसम्बन्धी गुनासालाई शीघ्र सम्पादन गरेर पुरस्कृत भएको उजको भनाइ छ । “हामीसँग खासै बेरुजु भएको अवस्थामा छैन”, उनले भने ।