काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले उठाएका विषयमा जानकारी गराउन सरकार निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद यादवले अधिल्ला सरकारले गरेका निर्णयमा मानमर्दन गरियो भने विकासका कामहरु ठप्प हुँदै जाने बताए । 

विशेषगरी मधेस प्रदेशमा ट्रमा सेन्टर अत्यावश्यक रहेको बताए भन्दै उनले ढल्केवरको ट्रमा सेन्टर किन खारेज गरिएको? भनी प्रश्न गरे । ट्रमा सन्टरका लागि बजेट समेत निकासा भइसकेको अवस्था खारेज हुनलाई गम्भीर रुपमा लिँदै सदन मार्फत स्वास्थ्यमन्त्री र अर्थमन्त्रीको ध्यानाकर्ण गराएका थिए । सांसद यादवले उठाएको विषयमा जानकारी गराउन सभामुखले निर्देशन दिएका हुन् ।