काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ। प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौडमा नरहने निर्णय गरेको हो।
एमाले र नेकपाले सरकार बनाउन अन्य दलहरुसँग सहयोग मागिरहेको अवस्थामा राप्रपाले यस्तो निर्णय गरेको हो। यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि सरकारमा सहभागी नहुने निर्णय गरेको थियो।


0 comment