काठमाडौं - नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट पछि हटेका छन्। बुधबार गुण्डुमा ओली, मुख्यमन्त्री कार्की तथा प्रदेशका पार्टी नेताबीच भएको छलफलपछि तत्काल सरकारलाई निरन्तरता दिने सहमति भएको हो।
एमाले कोसी अध्यक्ष घनश्याम खतिवडाका अनुसार ओलीले कार्कीलाई हाल सरकारको नेतृत्व गर्दै काम गर्न र उपयुक्त समयमा आवश्यक निर्णय गर्ने बताएका छन्। यससँगै कार्की मुख्यमन्त्रीमै रहने भएका छन् भने नयाँ गठबन्धन सरकारलाई एमालेले निरन्तर समर्थन गर्नेछ।
यसअघि कार्कीलाई हटाएर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी भए पनि आन्तरिक विवाद र आवश्यक समर्थन नजुटेपछि ओली वार्तामार्फत पछाडि हटेका हुन्।


0 comment