काठमाडौं - नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना भएका छन् ।उनी सोमबार साँझ गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए ।

पार्टीभित्र राजीनामा दिन तीव्र दबाब खेपिरहेका थपलिया नेतृत्वसँग कुरा गर्न गुन्डु पुगेका थिए । उनी अध्यक्ष ओलीसँग कुरा गर्दागर्दै ढलेको बताइएको छ । त्यहाँ रहेका नेताहरुले उनलाई तत्काल उपचारका लागि नजिकै रहेको ठिमी अस्पताल पुर्याइएको थियो ।

त्यहाँ उपचार गराएर कोठामा फर्किएर थपलियालाई थप उपचारका लागि आज वीर अस्पताल भर्ना गरिएको हो । वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले थपलियाको उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकीय निगरानीमा रहेको जानकारी दिए।