काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेसमा सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले मधेसमा कुनै पनि आन्दोलन वा प्रदर्शन हुँदा लाठी वा टियर ग्यास प्रयोग नगरी सिधै गोली किन चलाइन्छ भन्दै सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
उनले प्रहरीसँग लाठी वा टियर ग्यास नभएको वा तालिमको कमी भएको हो कि? भन्ने प्रश्न गरे ।
मधे;लाई पछाडि पार्ने, गरिब बनाइराख्ने र विरोध हुँदा गोली ठोक्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताए ।
नेपाली सेना मधेसमा जाने वितिक्कै मधेसका नागरिकले नेपाली सेनामा आफ्नो अनुहार नदेख्ने र देशकै सेनालाई विदेशी सेनाको रुपमा बुझ्ने मनोविज्ञानलाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।


0 comment