काठमाडौं - जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद नथपी रिहा गर्न आदेश दिएको छ।

आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन अभियोगमा अनुसन्धानका लागि सात दिनको म्याद थप माग गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमार्फत सोमबार अदालतमा उपस्थित गराएको थियो।

अदालतले म्याद थपको माग अस्वीकार गर्दै उनलाई म्याद नथपी छाड्न आदेश दिएको हो। आदेशसँगै प्रसाईंको रिहाइ प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।