काठमाडौं – नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य विमला पौडेलले पदभार सम्हाले लगत्तै उनले आफ्ना तीन प्राथमिकताहरु रहेको जानकारी गराइकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिए लगत्तै परराष्ट्र मन्त्रालयको कार्यालय सिंहदरबार पुगेर पौडेलले पदभार सम्हालेकी हुन् ।
यस्ता छन् उनका तिन प्राथमिकताहरु,
१. परराष्ट्र मन्त्रालयले जनतालाई पुर्याउने सेवालाई कसरी सहज बनाउने ?
२. विदेशी कुटनीतिक नियोगहरुसँग सहकार्य गर्ने ।
३. विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने ।
पासपोर्टको ठूलो इस्यु बनिराखेको भन्दै मन्त्री पौडेलले यसलाई सहज बनाउन आफू कटिवद्ध हुने बताइन् साथै नेपालको राजदूतावासमा मेरा देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ । मलाई पनि त्यस्तै फिल हुन्छ । बाहिर जाँदा नेपालको एम्बेसी भित्र छिर्दा घरजस्तो महशुस गर्नुपर्छ । बाहिर रहेका नेपालीलाई हाम्रो दूतावासमा आउन सहज पहुँच गराउन प्रयास गर्नेछु उनले बताईन ।
मन्त्री पौडेलले असंलग्न परराष्ट्रनीति अनुसार अघि बढने प्रतिवद्धता जनाउँनका साथै परराष्ट्र नीति नफेर्ने बताएकी हुन् ।
0 comment