काठमाडौं - जय मातृभूमि पार्टीले १ करोड बढी विदेशी नागरिकलाई नेपाली नागरिकता दिदाको परिणाम विगतका मधेश आन्दोलन र आजको धार्मीक द्वन्द्व सिर्जना भएको जिकिर गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान बालेन सरकार र पुराना दलमा कुनै भिन्नता नरहेको आरोपसमेत लगाएको छ ।
पार्टीका अध्यक्ष रामशरण पाण्डेले समासामयीक राजनीतिक विषयमा बौल्दै देश इतिहसकै सबैभन्दा संवेदनशील अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे । पाण्डेले दुइतिहाइको बालेन सरकारले देशमा राजीनितक स्थायीत्व ल्याउन नस्नुमा जनमतको अबहेलनाभएको बताउँदै भने,“भ्रष्टाचार र वेथितिको अन्त्य गर्ने एजेण्डाकासाथ आएको सरकार पनि पुरानै बाटो तताउँदा जनता निराश बनेका छन् ।”
नेपालले सदियौँदेखि अबलम्बन गरेको ‘असंलग्न परराष्ट्र नीति’लाई वर्तमान सरकारले उल्लङघन गर्दा देश थप खतरामा पर्न थालेको अध्यक्ष पाण्डेको आरोप छ । “पहिलो पटक दलाई लामाले सरकारलाई बधाई दिदै सुरु भएको मित्र राष्ट्र चीन विरोधी कार्य हाल आएर ‘फ्रि तिब्बत आन्दोलन’ लाई बल पुग्ने गरी उनै ‘दलाई लामाको जन्मोत्सव’ मनाउने लगायतका सभा सम्मेलन गर्न छुट दिनुले झस्काएको छ” पाण्डेको कथन छ ।
अध्यक्ष पाण्डेले २००७ सालदेखि विदेशीलाई नागरिकता दिन सुरु भएको र अजसम्म १ करोड ५० लाख बढी विदेशी नागरिकहरु नेपालमा रहाँदा देशको अस्तित्व नै संकटमा पुगेको भन्दै चिन्ता व्यक्त गरे । पछिल्लो समयमा मुख्यत तराई क्षेत्रमा अशान्तिको जड रोहिङगा र बंगाली रहेको बताउँदै पाण्डेले भने,“१ करोड १७ लाख २३ हजार इण्डियन, ४८ हजार तिब्तीयन, ११ सय यूरोपियन, ९६३ अमेरिकन, ४१ जना अफ्रिकनलगायत विश्वभरिकालाई नेपाली नागरिकता बाँडियो, जुन ०६४ पछि ह्वात्तै बढेको छ, यो राष्ट्रिय अस्तित्वमाथि गम्भीर संकेत हो ।”
उनले देशको अस्तित्व रक्षा गर्नका लागि २००७ यताका विदेशीको नागरिकता छानविन गर्न माग गरेका छन् ।
पार्टिका वरिष्ठ उपाध्यक्ष रोमलाल गिरीले सरकारले उत्पादन र रोजगारमा प्रथमिकता दिनुको सट्टा उपभोग र आयातमा मात्रै जोड दिदा देशको अर्थतन्त्र धोस्त भएको आरोप लगाए ।
उपाध्यक्ष टुलराज बस्यालले वर्तमान सरकार अर्थतन्त्रप्रति संवेदनशील नरहेको आरोप लगाए । अर्थविद तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका बस्यालले विद्धानको रुपमा परिचित अर्थमन्त्री पाएको भन्दै गर्दा देशले सबैभन्दा खराब परिणति भोगेको आरोप लगाए । “डा.स्वर्णिम वाग्ले जीले जनतासँग प्रत्यक्ष जोडिएको शिक्षा, स्वास्थ्य, विद्युत मात्रै हैन लासमाथि पनि कर लगाउने कार्यले उहाँको चरित्र उदाङगो भएको छ ।”
पार्टीका महासचिव लक्ष्मी दत्त भट्टले बालेन सरकार जनउत्तरदायी भन्दा सञ्चालित भएको आरोप लगाउँदै, देशलाई पुरानाहरुले भन्दा झन खराब अवस्थामा पुर्याउनतर्फ उद्दत रहेको आरोप लगाए । सैनिकलाई सडकमा उतारेर फेसबुक र पर्दापछाडिबाट देश चलाउन खोजेको बताउँदै भट्टले भने,“२००७ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तनमा विदेशीहरुको हात रहनु नै देशको ठूलो दूर्भाग्य हो ।”
“नेपाल नेपालीले नै आफ्नै बलबुतामा बनाउनुपर्दछ जसका लागि हामी जस्ता देशभक्त राष्ट्रवादी शक्तिहरु एकजुट भएर नयाँ निकासका लागि स्वचालित भएर संघर्षमा उत्रनु आजको आवश्यकता हो” भट्टले थपे ।
बालेन्द्र साहले हाम्रो ‘जय मतृभूमि पार्टी’को एजेण्डाहरु बोकेर प्रधनामन्त्रीको कुर्सिमा पुगेको दाबी गर्दै भने,“बालेन जी मेयर हुँदा हामीले बनाएको ‘ग्रेटर नेपाल’को नक्सा झुण्ड्याएर लोकप्रिय बन्नु भयो, तर आज कालापनी क्षेत्रबाट इण्डियन सेना हटाउनुको साटो, चुच्चे नक्सा हटाउन उद्दत हुनु दुर्भाग्य हो ।”
उनले नेपाल–इण्डिया प्रवुद्ध समुह(इपिजी) को प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने पहल मात्रै गर्दा आजको तराईका जस्ता समस्य नआउने जिकिर गरे ।
पार्टीका सचिव तोप गुरुङले वर्तमान सरकारले सांसदलाई स्वकिय सचिव राख्न नपाउने निर्णय उल्ट्याउँदै पुरानाले जस्तै स्वकीय सचिव राख्ने निर्णय गर्नु प्रतिगामी कदम रहेको जिकिर गरे । प्रतिनिधि सभामा २७५, राष्ट्रिय सभामा ५९, ७ प्रदेश सभाको ५५० गरी ८८४ सांसदको स्वकीय सचिव राख्दा राज्यलाई मासिक ४ करोड २४ लाख, वार्षिक ५० करोड २४ लाख र ५ वर्षमा कुल २ अरब ५४ करोड ६९ लाख भार पर्ने तथ्याङक गुरुङले प्रस्तुत गरेका थिए ।
पार्टीकी सचिव चन्द्र कुमारी गुरुङले पूर्खाहरुले ठूलो बलिदानबाट बनाएको नेपाल देशको अस्तित्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरिन । नेपाली सेनाका पूर्व कर्णेलसमेत रहेकी गुरुङले सीमाको रक्षा केबल नेपाली सेनाले मात्रै गर्नसक्ने दाबी गर्दै सेनाको नेतृत्व चनाखो हुनुपर्नेमा जोड दिइन् ।


0 comment