काठमाडौं - पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका ७ भाटवेशीमा  बुबा र छोरीको मृत्यु भएको छ ।

आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल –७ भाटवेशीएकाघरका  ५९ वर्षीय टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए ।

घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरो खसी धन्सारसहितको दुईतले कच्ची घरमा क्षति पुर्याएको उनको भनाइ छ ।

घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उहाँहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएको थियो ।