काठमाडौं - लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीसहित दुई मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। 

मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश राजधानी देउखुरीमा पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।

सोही क्रममा एमालेका चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले मन्त्रीको रूपमा सपथ ग्रहण गरेका छन्। उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ।