काठमाण्डौं – यही पुष २९ गतेबाट अभिनेत्री साम्राज्ञी अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ देशका विभिन्न फिल्महलहरुमा प्रदर्शन हुँदैछ
।
शहरीया युवापुस्तामाझ उल्लेख्य फ्यान फलोइङ बटुलीकी अभिनेत्री साम्राज्ञी आरएल शाह करिब तीन वर्षपछि नयाँ फिल्म लिएर दर्शकमाझ पुग्दैछिन् ।
फिल्ममा उनको अपोजिटमा अभिनेता पुष्प खड्का रहेका छन् साथै ‘मारुनी’ पछि यो जोडीले एकसाथ स्क्रिन साझेदारी गरेकाले यो फिल्म दर्शकको पर्खाईमा छ ।
तीन हप्ताअघि सार्वजनिक टूेलरमा प्रेममा आउने उतार(चढावलाई देखाइएको छ ।
तर, साम्राज्ञी टूेलरमा देखाइएकोभन्दा फिल्ममा धेरै कुरा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘फिल्ममा लभस्टोरी मात्र छैन । धेरै कुरा हामीले टूेलरमा लुकाएका छौं । कति कुराहरु हामीलाई आँखा अगाडि छ र बुझिसक्यौं भन्ने लाग्छ । तर, धेरै कुराहरु देख्दा देख्दै पनि बुझेका हुन्नौं । यी कुराहरु फिल्ममा रहेको अभिनेत्री साम्राज्ञी बताउँछिन् ।
यस फिल्मलाई रमेश एमके पौडेलले निर्देशक गरेका छन् भने, यो उनकोे पहिलो प्रयास हो। उनले यसअघि केही फिल्मको भने निर्माण गरिसकेका छन् ।
रमेश नयाँ निर्देशक भएकाले साम्राज्ञी सुरुमा फिल्म अफर हुँदा दोधारमा परेकी रहेछिन् । पहिलो पटक नाम सुनेकाले काम गर्ने वा नगर्ने भन्ने अन्योलमा उनी थिइन् । तर, साम्राज्ञीको भेट सुरुमा पौडेलसँग नभइ सविर श्रेष्ठसँग भएको थियो ।
सविरको स्क्रिप्ट न्यारेट गर्ने शैली र व्यक्तित्वबाट प्रभावित भएकी उनी नयाँ निर्देशकसँग काम गर्दा केही कुरा सिक्न पाइने सोचले फिल्म गर्न तयार भएकी थिइन् । उनले हरेक फिल्ममा क्यारेक्टर नयाँ हुने जिकिर गर्दै यसमा पनि फरक रहेको दाबी गरेकी छन् । ‘हरेक फिल्ममा क्यारेक्टर फरक हुन्छ । नाम, निर्देशक, कथावस्तु सबै फरक हुन्छ । त्यसैले यसमा पनि फरक रहेको उनले बताईन ।
0 comment