काठमाडौं - नेपाली कांग्रेसले ‘जरा अभियान’ समापन गर्दै ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ सुरु गरेको छ। गत वैशाख १ गतेदेखि सञ्चालनमा रहेको ‘जरा अभियान’ औपचारिक रूपमा समापन भएको छ ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण तथा बिरुवामा जलसेचन गरी नयाँ अभियानको औपचारिक शुभारम्भ गरेका हुन्।
कांग्रेसका अनुसार ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ मार्फत बदलिँदो राजनीतिक तथा सामाजिक परिवेशअनुकूल पार्टीलाई नयाँ सोच र दृष्टिकोणका साथ जनतामाझ थप प्रभावकारी रूपमा पु¥याउने लक्ष्य राखिएको छ।
उक्त अभियानअन्तर्गत देशभर सदस्यता वितरण, गाउँ–गाउँमा अन्तरक्रिया, छलफल, सभा तथा सम्मेलनलगायत कार्यक्रम सञ्चालन गरिएको कांग्रेसले जनाएको छ। पार्टीले नयाँ अभियानमार्फत संगठनलाई समयानुकूल सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।


0 comment