काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशहरूमा तीन वटै पार्टी मिलेर सरकार बनाउने प्रस्ताव कांग्रेसले अश्वीकार गर्ने बताएका छन् ।

ललितपुरमा  आयोजित नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार कार्यक्रम तथा सन्त नेता कृष्ण प्रसाद भट्टराईको सालिक अनावरण समारोहमा  २०७२ देखि ८२ सम्म गरेको गलत अभ्यास अब बदलिएको कांग्रेसले नगर्ने समेत उल्लेख गरेका छन् ।

तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ भन्ने प्रस्ताव अहिले  आइरहेको र यसो गरिए नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुने कुरामा पार्टी अडिग रहेको उहाले बताउनुभयो ।  

प्रदेशमा ३ वटा पार्टी मिलेर सरकार बनाउनु भनेको प्रदेशसभा प्रतिपक्षविहीन बनाउनु हो उहाको भनाई थियो ।

थापाले २०७२ देखि ८२ को १० वर्ष नेपाली राजनीतिको अँध्यारो र कालो अवधि भएको भन्दै अब कांग्रेस सत्ताका लागि जस्तो पनि सम्झौता नगर्ने समेत बताए ।

अहिलेको कांग्रेसले सोच्ने र प्राथमिकता बदल्न खोजेको उनको भनाइ छ ।

उहाले नयाँ पुस्ताका युवासँग नेपाली कांग्रेसले छलफल गर्ने र युवाका कुरा सुन्ने पनि बताउनुभयो ।