काठमाडौं - मधेश प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न पुस २८ गते सम्मको समयसीमा दिईएको छ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ दिनको समयसीमा दिएका हुन्।

पुस २८ गते बिहीबार साँझ ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको हो।

कुनै एक दलको स्पष्ट बहुमत नभएकाले प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको नाम मागिएको हो ।

उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

१०७ सदस्‍यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३,नेपाली कांग्रेस २२,जसपा १६,जनमत १३,लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७,नागरिक उन्मुक्ति पार्टी,राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन् ।

यहाँ बहुमतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।