काठमाडौं - बुटवल उपमहानगरपालिका -६ नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने , पोखरा महानगरपालिका १ का किरण कृष्ण तिवारी (कृष्ण),कपिलवस्तु बाणगंगा नगरपालिका- १ का संजय थारु, भक्तपुर चाँगुनारायण नगरपालिका १ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका ४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारत पश्चिम बंगाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।

घर तथा कोठा खानतलासीका क्रममा १ हजार दरका ६२२ थान ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट, फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, केमिकल, प्लास्टिक पेपर, नक्कली नोट कटिङ गर्ने मेसिन र ६ थान मोबाइल बरामद भएको छ। 

उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।