काठमाडौ:अविरल वर्षाका कारण हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न कान्ति लोकपथमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवंम एसपी गौतम मिश्रले बताउनु भयो ।
मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको उच्च जोखिम बढेका कारण स्थानीय प्रशासनले यस्तो कदम चालेको प्रहरी उपरीक्षक मिश्र बताउनु हुन्छ।
अविरल वर्षाका कारण बाढी, लेदो र सडक भासिने घटना बढेकाले नेपाल प्रहरी र सडक विभागले यात्रा गर्दा विशेष सतर्कता अपनाउन र अति आवश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेका छन्।
प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि कान्ति लोकपथ हुँदै यात्रा तय नगर्न र यात्रा गर्नु अघि अनिवार्य रूपमा सडकको अवस्था बुझ्न प्रहरीले अनुरोध गरेको छ ।


0 comment