काठमाडौं - बलात्कार मुद्दामा थुनामा रहेका मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज राजेश झा दोषी ठहरिएका छन्।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो। सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ।
पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरका थिए। विपक्षीबाट अधिवक्ता विजय मिश्र सहित १४ जनाले बहस गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध २०८१ साल माघ ३ गते जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन। प्रहरीले २०८१ चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।
२०८१ जेठ ४ गते अहिराजले कोठामा कोही नभएको बेलामा पीडितमाथि पटकपटक बलात्कार गरेको आरोप छ।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।


0 comment