काठमाडौं - श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले वर्तमान सरकार गरिबलाई निमिट्यान्न पार्न धारेहात पारेर लागिपरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले संसदबाट दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्छ भनेर माग गरिरहेको भए पनि ‘बरु ढुङ्गा बोल्छ’ मान्छे बोल्दैन’ भने जस्तो भएको बताएका छन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूलाई कतै फेरि पनि नेपालको सीमा मिचिने त होइन भनेर डर लागिरहेको बताएका छन् । उनले प्रधानमन्त्रीले नियतबस् बालेको होइन भने सदनमा आएर प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिनु पर्ने बताएका छन् ।

प्रधानमन्त्रीले काठमाडौं महानगरको मेयर हुँदै गर्दा लेखेको एउटा फेसबुक स्टाटसमा कता सडकमा समस्या भयो सिंहदरबार जलाई दिन्छु भनेको सम्झाउँदै सांसद राईले केहिपछि देशको सार्वभौम संसद, अदालत जलेको बताए । उनले बालेन शाहको स्टाटस सम्झिँदा आज कतै देशको सीमा छिमेकीले मिच्ने त होइन भनेर डर लाग्ने गरेको बताए । सांसद राईले वर्तमान सरकारले गरिब निमुखाको पक्षमा काम गर्नु भने पछि गरिबलाई नै निमिट्यान्न पार्ने गरि लागिपरिरहेको आरोप लगाएका छन् ।