काठमाडौं - नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ। सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा अनुन्धान जारी रहेकोले हिरासतमा राख्न विभागले अनुमति माग गरेको थियो।
पौडेललाई असार ८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुर्खेतबाट पक्राउ गरिएको थियो। व्यवसायी दीपक भट्टसँग उनको सम्लग्नता देखिएपछि विभागले उनीमाथिको अनुसन्धानलाई गम्भीर रुपमा अघि बढाएको हो । भट्ट अहिले थुनामा छन् ।


0 comment