काठमाडौं - सरकारले प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार श्रेष्ठलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको हो। सर्ट लिस्टमा परेका १० जना मध्येबाट श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको हो।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उनलाई नियुक्तिपत्र प्रदान गरे। अध्यक्षमा नियुक्त श्रेष्ठले पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने बताए। साथै उनले प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको उल्लेख गर्दै त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता समेत औँल्याए।