काठमाडौं - हेटौँडाको कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगाएको छ ।

आज बिहान ७:४५ बजे हेटौँडा–१७ हटियास्थित शिवम् सिमेन्टबाट फर्किरहेको ट्रक ह्युम पाइप हालेर बनाएको कल्भर्टमा पानीको बहाव बढेपछि बगेको हो ।

शिवममा ढुङ्गा अनलोड गरेर फर्कदै गरेको ना७ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगेको थियो ।  चितवन रत्ननगर–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्कन सफल भएका छन् ।

ट्रक अझै खोलामै रहेको छ ।