काठमाडौं - भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सुकुम्वासीको दीगो समाधान गर्ने गरी सरकारले काम गरिरहेको बताएकी छन् ।
आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकन गर्न पुगेकी मन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर उनीहरुलाई लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औंला ठडयाउन नसक्ने बताइन् ।
उनले सुकुम्वासीका नाममा कसैलाई पनि राजनीतिक नगर्न आग्रह गरिन् । सो अवसरमा उनले सुकुम्वासीहरुसँग छलफल गरेर उनीहरुको समस्याकोबारे जानकारी लिएको थिइन् ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्वासीलाई खरिबोटस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।


0 comment