काठमाडौं - दुर्गा प्रसाईलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्याई दिएको छ । झापाबाट
काठमाडौं आउना साथ उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्याई दिएको काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले जानकारी दिएका छन् ।
प्रसाई आउने जानकारी पाएका युट्युवर विमानस्थल पुगेका थिए । प्रहरीले उनीहरूलाई विमानस्थलको गोल्डेन गेटमै रोकेको थियो । दुर्गा प्रसाईले सञ्चारकर्मीसँग समसायिक विषयमा बोल्ने सूचना पाएको प्रहरीले ओर्लिने बितिकै नियन्त्रणमा लिएर आफ्नो गाडीबाट उनको घर पुर्याएको हो । जसका कारण सञ्चारकर्मी र प्रसाईबीच भेट हुन पाएन ।


0 comment