काठमाडौं - कर्णाली नदीमा गाडीसहित बेपत्ता भएका चालकको शव नौ दिनपछि भेटिएको छ।
शनिबार बिहान चालक तलाराम सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका-२ जमगडास्थित कर्णाली नदीको किनारमा चालक तुलारामको शव फेला परेको हो। सुर्खेतको पञ्चपुरी नगरपालिका-८ माझिगाउँका तुलाराम गाडी मालिक पनि हुन्।
सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको गाडी असार १८ गते सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेको थियो। गाडीमा सह-चालक रामप्रसाद स्वेदी अझै बेपत्ता छन्।


0 comment