काठमाडौं - बझाङको केदारस्युँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।
शनिबार दिउँसो केदारस्यूँ गाउँपालिका-७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुवावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली-६ का चक्रबहादुर महत, कुटुरीदेवी महत तथा केदारस्युँ-७ की बिमला महत धामी रहेका छन् ।दुर्घटनामा घाइतेमध्ये जिप चालक देवबहादुर धामीसहित ८ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
घाइतेहरुलाई थप उपचारका लागि सुविधायुक्त अस्पतालमा पुर्याउन हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको डीएसपी टेकबहादुर जोराले जानकारी दिएका छन् । खराब मौसमका कारण घाइतेको उद्धारका लागि गएको हेलिकप्टर दुई पटकसम्म अवतरण गर्न नसकेर फर्किएको छ।
प्रारम्भिक जानकारी अनुसार जिपमा चालकसहित १६ जना सवार रहेका थिए ।


0 comment