काठमाडौं - सर्लाहीमा अर्का एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। 

उनलाई उपचारका लागि  हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनले पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण खुलेको छैन। 

काठमाडौंको त्रिपुरेश्वरमा बिहीबार मात्रै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।