काठमाडौं - राज्यको कारण गणेश नेपालीलाई आत्मदाह गर्ने अवस्था आएको भन्दै युवाहरुले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतीघरदेखि भद्रकालीसम्म विरोध प्रदर्शन गरेका हुन् ।

 प्रदर्शनमा सहभागीहरुले हत्यारा सरकार मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ? , गरिब मारा सरकार मुर्दाबाद लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए । 

प्रदर्शन गर्दै भद्रकाली हुँदै वीर अस्पताल जान लागेका युवाहरुलाई प्रहरीले भद्रकालीमा नै रोकेको थियो । त्यसपछि युवाहरुले भद्रकालीमा नै बसेर नाराबाजी गरेका थिए ।