काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफलका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बेरुजु छलफलका लागि विभिन्न पाँच वटा उपसमिति गठन गरेको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए । यसअघि पाँच वटै उपसमितिको संयोजकमा रास्वपाले दावी गरेको थियो ।

बैठकमा ३ उपसमितिको नेतृत्व रास्वपा र बाँकी दूई उपसमितिको संयोजकको जिम्मेवारी एमाले र राप्रपालाई दिइएको छ । बेरुजूहरू निकै पुराना र जटिल बनिसकेका ले यसलाई फर्स्योट गर्ने भन्ने विषयमा सम्बन्धित पक्षहरूसँग व्यापक छलफल गर्ने समिति सभापति खड्काले बताए ।

समितिको मुख्य ध्यान बेरुजूलाई प्रक्रियागत रूपमा, नियमसम्मत र व्यवस्थित तरिकाले कसरी न्यूनीकरण गर्ने भन्ने कुरामै केन्द्रित हुने उनले जानाकारी दिए ।