काठमाडौं - प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

पुस ७ गते राखिएको प्रतिनिधिसभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसद आले र कांग्रेसबाट निर्वाचित सांसद राईले आज शपथ लिएका हुन्।

आले पारिवारिक शोकमा र राई सुत्केरी भइ अस्पताल भर्ना भएपछि शपथ ग्रहण छुटेको थियो। सांसद राईले कांग्रेस संसदीय दलको निर्वाचनमा अस्पतालबाटै मतदान गरेकी थिइन्।

उनीहरुलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ ग्रहण गराएका हुन्।