काठमाडौ:जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका २ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्नेएक्जनालाइ ललितपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला बैतडी पाटन नगरपालिका ७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा.-२ बस्ने वर्ष ५५ को सुरेन्द्र भट्ट रहेका छन् ।
पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोवाटो, ललितपुरको टोलीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा निज भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत रहेको बुझिएको छ ।
पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोवाटोको हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक तुल बहादुर कार्किले जानकारी दिनु भयो ।


0 comment