काठमाण्डौं – अहिले पार्टीको जारी स्थायी कमिटी बैठकमा पार्टीलाई कसरी मजबुद बनाउने विषयमा छलफल गरीरहेका छौं तर एमालेसँग पार्टी एकताबारे कुनै पनी प्रक्रिया अघि नबढेको उपमहासचिव गंगालाल तुलाधरले बताएका छन् ।  

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै तुलाधरले भने, ’हामीले पार्टीलाई मजबुद बनाउने र एकता केन्द्र बनाउने विषयमा छलफल भएको छ । 
तर नेकपा एमालेसँगको पार्टी एकताका सवालमा जुन चर्चा चलेको छ, त्यो एमालेका केही नेताहरुले चलाएको भ्रम मात्र हो । एमालेसँग हाम्रो पार्टी एकता अघि बढेको निराधार हल्ला मात्र भएको उनले बताएका हुन् । 

यस्तैगरी एमाले नेता विष्णु पौडेलसहितले एकताका विषयमा संवाद अघि बढाएको चर्चा छ नि भन्ने प्रश्नमा उनले बाम एकताका विषयमा केही अघि संवाद भएपनि एमालेसँगको पार्टी एकताका विषयमा कुनै कुराकानी नभएको तुलाधरले बताए ।