पर्सा:आँपमुनि लुकाएको ३० ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छ्न।
पक्राउ पर्नेमा भारतका ३० वर्षीय गुड्डु आलम रहेका छन।
झट्ट हेर्दा उनी सामान्य साइकलमा आँप बेचेर जीविकोपार्जन गर्ने व्यक्ति जस्तै देखिन्थे। तर त्यही आँपको थुप्रोमुनि लुकाइएको थियो लागुऔषधको खतरनाक कारोबार गर्ने गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले शंकाका आधारमा साइकलमा आँप बेच्दै हिँडिरहेका गुड्डुको खानतलासी गर्दा आँपमुनि प्लास्टिकमा लुकाएर राखिएको ३० ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो छ।
वीरगञ्जमा डेरा गरी बस्दै आएका आलमलाई प्रहरीले घटनास्थलबाटै रंगेहात पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका अनुसार उनले आँप बेच्ने आडमा लामो समयदेखि लागुऔषध कारोबार गर्दै आएको हुनसक्ने आशंका गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।


0 comment