काठमाडौं - प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक चलेको १७ मिनेटपछि प्राविधिक समस्या देखाउँदै बैठक स्थगित गरिएको जनाएको छ । सभाको प्रत्यक्ष प्रशारणमा क्रममा अडियो नआउँदा रेकर्डमा समेत समस्या भएको जनाइएको छ । प्राविधिक समस्या समाधान भए लगत्तै बैठक सुरु हुने जनाइएको छ ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले प्रतिनिधिसभाबाट पारित भएर गएका अध्यादेश प्रतिस्थापन विधेयक सहितका विधेयकहरू बारेको सन्देश टेबुल गर्ने कार्यसूची छ ।
यसबाहेक आज राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफल गर्ने विषय छ । परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकहरुमाथि छलफल गर्ने कार्यसूची छ ।


0 comment