काठमाडौं - नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी मुद्दामा थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार उक्त म्याद थप गर्ने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि म्याद थपको माग गर्दै उनलाई अदालतमा पेश गरेको थियो।
पौडेललाई विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। यसअघि अदालतले पहिलो चरणमा ७ दिन र दोस्रो पटक ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको विभागले जनाएको छ।


0 comment