काठमाडौं - मञ्जुरी बिना गौशाला नगरपालिकाले ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेको विवादमा उच्च अदालत जनकपुरले नगरपालिकाको नाममा निषेधाज्ञा आदेश जारी गरेको छ । 

उच्च अदालत जनकपुरले निगौल गाई गौशालाको जग्गामा मञ्जुरी बिना गौशाला नगरपालिकालाई हस्तक्षेप नगर्न दिएको आदेशको उल्लंघन गरेको बेलामा उच्च अदालतले पुनः १५ दिने म्यादसहितको लिखित जवाफ पेश गर्न भन्दै कुनै प्रकारको ढल निकास एवं पक्की नाला निर्माण गर्नेलगायतका कुनै कार्य तत्काल नगर्नु नगराउनु, निर्माण कार्य शुरु गरेको भए यथास्थितिमा राख्नु भनी आदेश गरेको हो ।   

यसै घटनामा निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख कान्तिकुमारी पाण्डेलाई नगरपालिकाबाट खटिएको नगर प्रहरीको १० जनाको टोलीले गत विहिवार साँझ करिब ५ बजे कुटपिट गरेको थियो । गौशाला नगरपालिकाले निगौल गाई गौशालाको जग्गामा बजार ठेक्का लगाउने र जर्बजस्ती ढल निकास गर्न खोजेपछि रोक्न गएको कार्यालय प्रमुखलाई पाण्डेलाई नगर प्रहरीहरुले दुर्व्यवहार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । नगरपालिकाले गाई गौशालालाई करिब ६ करोड भुक्तानी नगर्दा विवाद लामो समयदेखि पटक–पटक विवाद हुँदै आएको निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्ति पाण्डेको आरोप छ ।