काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन् । बुधबार पार्टी कार्यालय बनस्थलीमा पार्टी सभापति रवि लामिछानेसमक्ष निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो । सपथसंगै सभापति लामिछानेले प्रमाणपत्र प्रदान गरे ।
सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसकेका छन् । यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन सम्पन्न भएको थियो ।


0 comment