मोरङ:भारतबाट नेपाल आउदै गरेको मानिसहरुको निग्रानी गर्ने क्रममा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर तथा इलाका प्रहरी कार्यालय रानी बिराटनगर मोरङबाट खटिएको प्रहरी टोलीले  जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५ बाट  खैरो हेरोइन सहित दुइ जनालाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्य बनिहारी दक्षिण दिनाजपुर थाना गंगारामपुर ठेगाना भएका बर्ष ३२ को चंचल सिकदार रहेका छन।पक्राउ परेका सिकदार  लाई लागु औषध खैरो हेरोईन २८९ ग्राम ७२० मिलिग्राम सहित पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा बरामद लागु औषध खैरो हेरोईन रिसिभ गर्न काठमाण्डौं देखी सुनसरी पुगेका जिल्ला जुम्ला, चन्दननाथघाट गाउँपालिका ८ ठेगाना भएका बर्ष २५ को तेज रावललाई जिल्ला सुनसरी कोशी गाउँपालिका ८ भान्टाबारीबाट बाग्मती प्रदेश ०२ नं. ०२४ प ०१७७ मोटरसाइकल र नगद रु.४ लाख ७१ हजार सहित पक्राउ गरिएको हो।