काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वालेन्द्र शाह नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन्।
सोमबार नेकपाको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ठीक ढंगले अघि नबढेको बताए। सरकारका कामकारबाही सही नभएको भन्दै उनले अहिलेसम्मका क्रियाकलापले सरकार धेरै समय नटिक्ने दाबी गरे।
राष्ट्रियताका विषयमा सरकारले गरेका कामहरू गलत रहेको प्रचण्डले भनाइ थियो । वामपन्थी शक्ति र अरु लोकतान्त्रिक शक्तिसँग सहकार्यको वातावरण बनाएर जानुपर्नेमा उनको जोड थियो ।


0 comment