काठमाडौं —सिन्धुली मरिण गाउँपालिका वडा नं ६, ३, ४, १ र ७ का विपन्न परिवारलाई स्वास्थ्य विमामा आवद्ध गरिएको छ । काठमाडौ ललितपुर र भक्तपुर जिल्लाका विभिन्न इँट्टा उद्योगहरुमा गई ज्यालामजदुरी गर्ने विपन्न आय भएका परिवारलाई स्वास्थ्य विमामा आवद्ध गरिएको सम्बन्धीत वडाका वडा अध्यक्षहरुले बताए । अध्यक्षहरुका अनुसार यस सिन्धुली जिल्ला मरिण गाउँपालिकाका धेरैजसो बडाहरुबाट उपत्यकाका इँट्टा उद्योगहरुमा सिङ्गो परिवार मजदुरी गर्न जाने गरेका छन ।
विभिन्न परिवारलाई विमामा आवद्ध गर्न विभिन्न सँगसंस्थाहरुसँग समन्वय गर्ने साथै गाउपालिका आफैले पनि केही वजेट व्यवस्थापन गरेर विमा कार्यक्रम गर्ने गरिएको स्रोतले बतायो । साथै अघिल्लो वर्ष र यो वर्ष यस पालिकाका विपन्न इँट्टा उद्योगका मजदुरहरुलाई विमामा आवद्ध गर्नका लागि बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालले सहयोग गरेकामा आभारी भएको कुरा अध्यक्षहरुले बताए ।
मरिण गाउँपालिकाका विभिन्न वडाका १ सय ४६ मजदुर परिवालाई स्वास्थ्य विमामा आवद्ध गर्नका लागि बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग रहेको कुरा वडा अध्यक्षहरुले बताए । संस्थाले विशेष गरी इँट्टा उद्योगमा मजदुरी गर्ने विपन्न परिवारहरुलाई विगतका वर्षदेखि नै स्वास्थ्य विमा कार्यक्रममा आवद्ध गर्न आर्थिक सहयोग गर्दै आइरहेको कुरा संस्थाका प्रतिनिधिले बताए ।

0 comment