काठमाडौं - सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरुको समूहले सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्ने चेतावनी दिएको छ । माइतीघरमा धर्ना बसेका उनीहरुले आफूहरुलाई राज्यले हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप लगाएका छन् ।
आफूहरुको आयश्रोतको माध्यम भनेकै सांगितिक कार्यक्रम भएको बताउँदै उनीहरुले सडकपेटीमा बसेर आफ्नो गला र कला देखाउँदा पनि प्रहरीबाट धरपकड गर्ने, कुटपिट गर्ने काम भएको आरोप लगाए ।
गास, बास र कपासको माग पूरा नभएसम्म धर्ना कार्यक्रम गर्ने चेतावनी दिए । घाम, पानी, धुवाँ, धुलो सहनु रहर होइन, बाध्यता हो भन्ने नारा लेखिएको प्ले कार्ड बोकेर केही दिनदेखि उनीहरु प्रदर्शनमा उत्रिएका छन् ।


0 comment