मोरङ:सार्वजनिक स्थलमा अश्लील हर्कत गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर-६ का ४४ वर्षीय सुरेन्द्र मणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका- ६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ बस्ने १८ वर्षीय मानिस काफ्ले र विराटनगर-४ का ४४ वर्षीय छबिलाल घिमिरे छन्।
विराटनगर महानगरपालिका- १ परोपकार घाटस्थित दाह संस्कार गर्ने ठाउँमा रातिको समयमा बसेर अश्लील हर्कत गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल्य मोरङका प्रमुख कबित कटवालले जानकारी दिनु भयो।
पक्राउ परेकामध्ये २ जना निर्वस्त्र रहेका प्रहरीले जनाएको छ। उनीहरू मध्यराति घाटमा जम्मा भएर होहल्ला गर्दै अश्लील हर्कत गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई मोरङ प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


0 comment