काठमाडौं - नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैरन्यायिक भन्दै तत्काल रिहाइको माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
सम्पत्ति शुद्धीकरण विमागको पत्रको आधारमा उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राती नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो । उनीमाथीको अनुसन्धानलाई अघि बढाउन म्याद थपको माग गर्दै विशेष अदालतमा उपस्थित गराइएको छ । दुवै पक्षको वहस सुनेपछि अदालतले निर्णय सुनाउन बाँकी छ ।


0 comment