काठमाडौं - नवलपरासीबाट २७ लाख बढीका अवैध सामान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बर्दघाट नगरपालिका–११ गैडहा भन्ने भित्री सडकको छेउमा राखेको अवस्थामा उक्त सामान बरामद भएको जनाएको छ ।
बरामद भएको सामानको मूल्य २७ लाख १९ हजार ९८४ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए । बरामद सामानमा ४७ वटा कार्टुनमा राखिएका २३ हजार ५ सय पिस मोबाइल टेम्पर ग्लास र ३२ कार्टुनमा राखिएका ९८४ प्याकेट हुक्कामा प्रयोग गरिने विभिन्न फ्लेवर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी)रामबहादुर केसीले कोही पनि नबस्ने खाली घरबाट सामान बरामद भएको बताए। पछिल्लो समय नवलपरासीका विभिन्न स्थानबाट प्रहरीले अवैध सामान पक्राउ गर्ने कार्यलाई भने तिव्रता दिएको छ।


0 comment